14801249_1198739670173958_1644647042_n
इनरुवा ६ कात्तिक/शङ्कर बचत तथा ऋण सहकारी संस्था लिमिटेड इनरुवा १० बलाहाले शनिवार आफ्नो नवौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।संस्थाका अध्यक्ष भगतप्रसाद भण्डारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा लेखा समिति संयोजक जयकुमार निरौलाले संस्थाको वार्षिक प्रतिवेदन पेश गरेका थिए ।

जिल्ला सहकारी संघका ४ नम्वर क्षेत्रीय संयोजक रमानन्द मेहताको प्रमुख आतिथ्यमा सम्पन्न साधारण सभामा सेयर सदस्य मध्येका जेष्ठ अभिभावकलाई सम्मान गरिएको थियो । ८६ वर्षिया टंककुमारी भट्राईलाई कार्यक्रममा जेष्ठ नागरिक सम्मान गरिएको थियो ।
संस्थाले प्रवेशिका परिक्षा एसएलसीमा उत्कृष्ठ अंक ल्याउने सेयर सदस्यका दुई सन्ततीलाई सम्मान समेत गरिएको थियो । ईशा भट्राई र सविन भट्राईलाई सम्मान गरेको थियो ।

14804835_1198739620173963_1284205753_n
आठौं साधारण सभा मार्फत निर्देशित कार्यक्रमले आर्थिक वर्ष २०७२।०७३मा संस्थाको बचत संख्यामा वृद्धि ल्याउन सफल भएको कार्यक्रममा जानकारी गराइयो । संस्था र सेयर सदस्यहरुको समुन्नत हीतको उद्येश्यसाथ कार्यसमितिले ठोस पहल चालिरहेको समेत जानकारी दिइयो । २०६४ मा स्थापना भएको उक्त सहकारी संस्थामा हाल २ सय १६ जना शेयर सदस्यहरु रहेका छन् । ९८ जना महिला सदस्य रहेको शङ्कर बचत तथा ऋण सहकारी संस्थामा १ सय १८ जना पुरुष सदस्य रहेका छन् भने बाल बचत सदस्य संख्या ९२ जना रहेको छ ।

संस्थाको जम्मा शेयर रकम २० लाख २ हजार ६ सय रहँदा २०७३ असार मसान्त सम्मको जम्मा बचत रकम २७ लाख ८४ हजार ९ सय १४ रहेको संस्थाका अच्युत भण्डारीले जानकारी दिए । साधारण सभाले ३ लेखा समिति सहित ११ जना संचालक समिति गरी १४ जनाको नयाँ कार्यसमिति चयन गर्ने छ ।

 

तपाईको प्रतिक्रिया