Kamal-Thapa

 

२० कात्तिक, काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले जेनेभामा नेपालले पारवाहन तथा आपूर्तिमा भइरहेको समस्याबारे सशक्त ढंगले कुरा राखेको बताएका छन् । कसले गर्दा नेपालमा यस्तो समस्या आएको छ भन्ने संसारले थाहा पाएको थापाले बताए ।

जेनेभामा आयोजित राष्ट्र संघीय सम्मेलनमा सहभागी भएर शुक्रबार नेपाल फर्किएका उपप्रधानमन्त्री थापाले त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग भने-‘हामीले अन्तरराष्ट्रिय फोरममा सशक्त ढंगले कुरा राखेका छौं, विश्व समुदायले के कारणले, केका लागि र कसले गर्दा यस्तो समस्या आएको हो भन्ने थाहा पाएको छ ।’

मन्त्री थापाले अब चाँडै भारतले आपूर्ति व्यवस्था सुचारु गर्ने विश्वाससमेत व्यक्त गरे ।

तपाईले जेनेभामा भारतको नाम लिनु भएनन नि भन्ने पत्रकारको प्रश्नमा थापाले यो समस्या कसले गर्दा आएको भन्ने विश्वले थाहा पाएको जिकिर गरे ।

भारतले जेनेभामा नेपालको द्वन्द्वकालीन घटना र सत्यनिरुपण आयोगका विषयमा कुरा उठायो नि भन्ने प्रश्नमा थापाले १९३ देशको सहभागिता रहेको सम्मेलनमा त्यस्ता प्रश्नहरु उठ्नु स्वाभाविकै भए पनि यो विषय नेपालमा समाधान भइसकेको र कुनै विवाद नरहेको आफूले प्रष्ट पारेको थापाले बताए ।अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया