६ कात्तिक, इनरुवा।जबरजस्ती करणी मुद्धामा क्षेत्रीय कारागार झुम्कामा कैद भुक्तान गरिरहेका एक कैदीको मृत्यु भएको छ । करणी मुद्धामा २०६८ साल चैत्र २४ गतेबाट कैद भुक्तानी गरिरहेका संखुवासभाका ३५ वर्षिय कमलबहादुर गुरुङको मृत्यु भएको हो ।

विरामी भई उपचारकालागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याइएका गुरुङको उपचारका क्रममा ज्यान गएको सुनसरी प्रहरीले जनाएको छ । गुरुङको छातिमा पानी जमेकाले मृत्यु भएको प्रहरीको अनुसन्धानमा देखिएको छ ।

तपाईको प्रतिक्रिया