kaptangunj pataka baramad police inaruwa

६ कात्तिक, इनरुवा । सीमा सुरक्षा वेस क्याम कप्तानगंजले भारतीय बजारबाट लुकिछिपी ल्याउँदै गरेको अवस्थामा ३७ हजार मूल्य बराबरको पटका बरामद गरेको छ ।भारतीय बजारबाट ल्याउँदै गरिएको पटका ससस्त्र प्रहरी नीरिक्षक नवराज सापकोटा नेतृत्वको टोलीले बरामद गरेको हो । नाका क्षेत्रमा ससस्त्रले चेकजाँचमा कडाई थालेसँगै भातरीय बजारबाट भन्सार छलि ल्याइने विभिन्न सामान सहित तिहार लक्षित गरी भित्र्याइने विस्फोटक पदार्थ बरामद हुने क्रम बढेको छ ।

मोटरसाइकलमा पटका ल्याउँदै गरेका व्यक्तिले ससस्त्रलाई देखेपछि पटका छाडी भागेका थिए । ससस्त्र प्रहरी नीरिक्षक सापकोटाका अनुसार चाडबाडलाई मध्यनजर गर्दै सीमा क्षेत्रमा चेकजाँच र गस्ती बढाइएको छ ।त्यसैगरी सीमा क्षेत्रमा चोरीका मोटरसाइकल प्रयोग गर्ने क्रम बढेको सूचनाका आधारमा त्यसतर्फ समेत निगरानी बढाइएको सापकोटाले बताए । चेकजाँच र निगरानीकै क्रममा कागजपत्र नभएको अपाचे कम्पनिको टिभियस मोटरसाइकल समेत ससस्त्र प्रहरी कप्तानगंजले बरामद गरेको छ ।

तपाईको प्रतिक्रिया