S 2

६ कात्तिक, दिलिप साह राजविराज। सप्तरीका युवाहरुले प्रारम्भ गरेको ५० हप्ते सरसफाई अभियान अन्तर्गत आठ हप्ता सम्पन्न भएको छ । आठौं हप्ता शनिबार राजविराजको पानी टयांकी चोकमा सरसफाई गरिएको छ । सप्तरी युवा मूल समारोह समितिद्वारा पानी टयांकी चोकका साथै आसपासको क्षेत्रमा सरसफाई गरिएको छ । युवाहरु सरसफाई गर्न जाँदा स्थानीय पसले तथा महिलाहरु समेत कुचो लिएर सफा गर्नमा सघाएका थिए ।

युवाहरुले पानी ट्यांकी चोकदेखि दक्षिणतर्फ रहेको फोहोरको डँगुर सफा गरेका छन् । यहाँ अत्यधिक फोहोर थुप्रिएको थियो । युवाहरु सरसफाई गर्न जाँदा स्थानीयहरु स्वतःस्फूर्त रुपमा सहभागिता जनाएका थिए । चोक तथा आसपासमा संकलन गरिएका सम्पूर्ण फोहोरलाई आगो लगाएर जलाइएको युवाहरुले बताएका छन् ।

यस्तै २ नम्बर क्षेत्रको योगिनियाँ चोकमा पनि सरसफाई गरिएको छ । युवा समिति क्षेत्र नम्बर २ को संयोजनमा भएको सरसफाईमा स्थानीय योगिनी चोक विकास समितिका पदाधिकारीहरुले पनि सहभागिता जनाएका थिए । योगिनी चोक विकास समितिले अब यो चोक तथा आसपासको क्षेत्रलाई सफा राख्न प्रत्येक पसलबाट रु ५० लिने निर्णय गरेको युवा समिति क्षेत्र नम्बर २ का संयोजक मनोज मेहताले जानकारी दिए ।

तपाईको प्रतिक्रिया