Priya-bedi-suicide

एजेन्सी । भारतको नयाँ दिल्लीमा एक महिला डाक्टरको आत्महत्याको विषयले सनसनी फैलिएको छ । एम्स अस्पतालमा काम गर्ने प्रिया बेदीले आत्महत्याअघि एक सुसाईड नोट लेखेर फेसबुकमा आफूले आफ्ना आत्महत्याको जिम्मेवार श्रीमान भएको बताएकी छन् । उनको विवाह ५ वर्षपहिले डाक्टर कमल वेदीसँग भएको थियो ।

विवाहको ५ वर्षसम्म पतिपत्नी बीच शारीरिक सम्बन्ध स्थापित हुन नसकेको उल्लेख छ । समलिंगी रहेका उनका श्रीमानले आफूलाई भावनात्मक रुपमा प्रताणित गरेको भन्दै उनी आफ्नो जीवनको अपराधी भएको लेखेकी छन् । विवाह लगत्तै उनले श्रीमान समलिंगी भएको थाहा पाएपनि आफूले स्वीकार गरेर बसेपनि उनले आफूलाई प्रडाणित बनाएपछि यो कदम उठाएको बताएकी छन् ।

उनको सम्बन्ध एक पुरुषसँग हुने गरेको र आफूसँग बस्दा उनमा कुनै उत्तेजना नै नआउने उनको भनाई छ ।उनले आफूले कमल समलिंगी भएको थाहा पाएपछि ८/१० पटक शारीरिक सम्बन्ध बनाउन चाहेपनि सफल हुन नसकेको सुसाईड नोटमा लेखिएको छ । प्रियाको शब पहाडगञ्जको एक होटलमा फेला परेको थियो ।

AIIMS-doctor-commits-suicide priya vedi

तपाईको प्रतिक्रिया