७ कात्तिक, दिलिप साह राजविराज। सप्तरीको नर्घो ६ स्थीत झौहरा चौकमा शनिबार संघीय समाजबादी फोरम नेपाल नर्घोद्धारा शुभकामाना आदान प्रदान कार्यक्रम आयोजना गरेको छ । संघीय समाजवादी फोरम नेपाल गाँउ समिती नर्घोका अध्यक्ष सत्य नारायण यादबको अध्यक्षता तथा संघीय समावादी फोरम नेपालका केन्द्रिय सदस्य एबम राजनितीक समिती सदस्य शैलेन्द्र साहको प्रमुख आतिथ्यमा दिपाबली तथा छठ पर्बको अबसरमा शुभकामाना आदान प्रदान कार्यक्रम आयोजना भएको हो ।

कार्यक्रममा केन्द्रिय सदस्य चित्त नारायण यादब, अशोक यादब, तराई मधेश प्रदेश समितीका सदस्य राधेश्याम पंडित, जिल्ला सचिब उमेश प्रसाद यादब, सह सचिब उपेन्द्र साह, जिल्ला सदस्य एबम क्षेत्र नम्बर ४ का ईन्चार्ज शिबशंकर यादब, जिल्ला सदस्य एबम पार्टी प्रशिक्षण बिभाग प्रमुख केदार यादब, जिल्ला सदस्य सुरेन्द्र यादब, क्षेत्र नम्बर ४ का अध्यक्ष अमरनाथ यादब लगायतकाले शुभकामाना मनतब्य ब्यक्त गरे ।

संघीय समाजबादी किसान फोरम सप्तरीका कार्यबाहाक अध्यक्ष उमाकान्त यादबद्धारा संचालित कार्यक्रममा स्वगत क्षेत्र नम्बर ४ का सदस्य चन्द्रकलादेबी पासवानले गरेकी थिईन । उक्त कार्यक्रममा नर्घो गाबिस वडा नम्बर ९ का निबर्तमान वडा अध्यक्ष बद्री मण्डलको नेतृत्वमा बिभिन्न पार्टी परित्याग गरी ६१ जना संघीय समाजबादी फोरम नेपालमा प्रबेश गरको जनाएको छ ।

नब प्रबेशीहरुलाई कार्यक्रमका प्रमुख अतिथी साहले अबिर लगाएर स्वागत गर्दै पार्टीको आधारभुत सदस्यता समेत प्रदान गरेको संघीय समाजवादी फोरम नेपाल सप्तरीका प्रचार बिभाग प्रमुख बृजमान तामाङले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया