bahubali2७ कात्तिक । बहुचर्चित तामिल फिल्म बाहुबलीको सिक्वेल २०१६ मा बन्छ भन्ने घोषणा गरिएको भएपनि त्यो कहिले सार्वजनिक हुन्छ भन्नेबारे दर्शकहरु त्यसलाई कुरिरहेका थिए । तर अब सिनेप्रमी दर्शक फ्यानहरुखुसी हुने दिन आएको छ किनभने (बाहुबली २ दि कन्क्लुजन)को फस्ट लुक्स सार्वजनिक भएका छन् । एसएस रामौलीको उक्त बाहुबली २ को फस्ट लुक्स सार्वजनिक गरिएको हो ।

पोस्टरमा चलचित्रका प्रमुख नायक प्रभास जंजीरमा बेरिएको देखिएको छ । पोस्टरमा प्रभास एक राजकुमार नभएर शरीरभरी घाउ नै घाउ भएको नयाँ अवतारमा देखिएका छन् । बाहुबलीको ट्विटरमा पोस्टर शेयर गर्दै लेखिएको छ बाहुबली आइरहेको छ ।

१८ औं मुम्बइ फिल्म फेस्टिबल मामी फेस्टिबलमा यस पोस्टर सार्वजनिक गरिएपछि फिल्मीप्रेमी दर्शक झन् उत्सुकताका साथ त्यसलाई पर्खाइमा रहेका छन् । फिल्ममा प्रभासलगायत राणा डुगगूवती, अनुष्का शेट्टी तमन्नालगायको भूमिका रहेको छ ।

तपाईको प्रतिक्रिया