facebook changi singapur yubak1सिंगापुर एयरपोर्टमा काम गर्ने यी सेक्युरिटी अफिसरले पछिल्लो समय निकै चर्चा पाएका छन् । सामाजिक संजालमा यिनको फोटो देखेपछी युवतीहरुले यिनलाई खोजि गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले समाचार लेखेका छन् ।

यिनको फोटो भेटेपछि विभिन्न देशमा रहेका युवतीहरुले यिनको गहिरो जानकारी लिने गरेका छन् । २२ बर्षीय के ली मिनवेई सिंगापुर स्थित चांगी एयरपोर्टमा सेक्युरिटी अफिसरको रुपमा काम गर्छन । यी चकलेटी युवकको फोटो सोहि एयरपोर्टमा वेटिंग गरिरहेकी एक युवतीले सामाजिक संजालमा अपलोड गरेकी थिईन । त्यसपछि हजारौं युवतीहरु ति युवकलाई भेट्न र उनिबारे जानकारी लिन आतुर बनेका छन् । केहि बिदेशीले उनले काम गर्ने एएरपोर्ट टर्मिनलको समेत जानकारी एयरपोर्ट कार्यालयबाट मागेका थिए ।

सिंगापुर स्थित एयरपोर्ट नजिक पर्ने कतिपय युवतीहरु उनको सामाजिक संजालमा जानकारी पाएपछि एअरपोर्टमै उनलाई भेट्न पुगेका थिए । यस बिषयमा सिंगापुर स्थित चांगी एयरपोर्टले आफ्नो आधिकारिक फेसबुकमा पोस्ट गर्दै भनेको छ ‘ली एयरपोर्टको टी2 टर्मिनलमा काम गर्छन ।’

facebook changi singapur yubak

उता आफु सामाजिक संजालमा भाईरल बनेको थाहा पाएका लीले भने आफूले आफ्नो लागि परफेक्ट युवती खोज्दै गरेको बताएका छन् । एअरपोर्टमै लिलाई  भेट्न पुगेका युवतीहरुले आफुसँग फोटो खिचाउन आग्रह गर्ने गर्छन तर लिले अस्विकार गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया