12208118_963802043667723_217595592_n
कात्तिक २० इनरुवा / नेकपा (माओवादी)का अध्यक्ष मातृका यादवले मित्र राष्ट्र भारतले नेपालमा कुनैपनि नाकाबन्दी नलगाएको बताएका छन् ।सुनसरीको दक्षिणवर्ति गाविस हरिनगरमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै यादवले नेपालमा सीर्जित पछिल्लो अवस्थाको सारा दोषी नेपाली आम संचार भएको आरोप लगाए । भारतले अघोषित रुपमा नाकाबन्दी गरेको भनी केन्द्रिय तहका मिडियाले बढाइचढाई गरि अन्र्तराष्ट्रिय स्तरमा उछाल्ने काम गरेको उनको दावी थियो ।

तराई मधेशमा जारी आन्दोलनले अढाइ महिने अवधी पार गरिसक्दा समेत जायज माग सम्बोधन गर्न हिचकिचाउने सरकार भारतले नाकाबन्दी गरेको भन्दै त्यसकै पछि लागेको यादवको भनाई थियो । संयुक्त मधेशी राष्ट्रिय आन्दोलन समिति सुनसरीले आयोजना गरेको विरोध सभामा सम्बोधनका लागि हरिनगरा पुगेका आन्दोलन समितिका संयोजक समेत रहेका यादवले जारी मधेश आन्दोलन मेधशी समूदायको अधिकार प्राप्ती विना नटुङ्गिगने बताए । विरोध सभालाई श्रवण यादव, बलराम यादव, भरत साह, राजनारायण चौधरी, मुगालाल मेहता, पप्पु मंडल लगायतका मधेशी नेताहरुले सम्बोधन गरेका थिए ।

तपाईको प्रतिक्रिया