MPL

०९ कात्तिक, दिलिप साह राजविराज। एमपिएलको टि टवान्टी क्रिकेट प्रतियोगिताको दोस्रो संस्करणको सम्पन्न सेमिफाईनल खेलमा मेसुलंका राजबिराज तथा गणपति क्रिकेट कल्व फाईनलमा प्रवेष गरेको छ । पहिलो खेलमा मेसुलंकाले मोहतरीलाई ४ बिकेटले पराजित गरेको छ भने दोस्रो खेलमा गणपति क्रिकेट कल्वले युथ एकेडमी राजबिराजलाई २९ रनको अन्तरतले पराजित गर्दे फाईनलको यात्रा सहज बनाएको छ ।

पहिलो खेलमा मोहतरीले टस जितेर २० ओभरमा ६ बिकेटको क्षतिमा १६१ रनको योगफल तयार पारेको थियो । जसमा धिरज अधिकारीले ६५ रन ईसान पाण्डेले ५८ रन जोडेका थिए । बलिंग तर्फ मेसुका बिटु कुमार २ तथा अजय राजबंशी र दलजित कुमारले १÷१ बिकेट हात पारेका थिए । जवाफमा १६२ रनको लक्ष्य लिएका मेसुले १९.३ ओभरमा ६ बिकेटको क्षतिमा जित हासिल गर्दे फाईनलमा पुगेका छन । जसमा टिमका मुकुन्द यादवले नटआउट ४३ रन राकेश कामैत ३४,तथा बिकास दासले १३ रन वनाएका थिए । बलिंग तर्फ मोहतरीका रितेश सिँह २ गोपाल सिंह र राहुल सिंहले १÷१ बिकेट हात पारेका थिए । खेलको म्यान अफ दि म्याच मुकुन्द यादव घोषित भएका थिए ।

यसै गरी आजै सम्पन्न दोस्रो सेमिफाईनल खेलमा टस जितेर गणपतिले १९ ओभरमा सबै बिकेट गुमाई १४४ रनको योगफल तयार पारेका थिए ।
जसमा राजेश सिंहले सर्वोधिक ५२ रन, अमल दास २८ तथा अमिल सिँहले १९ रन बनाएका थिए । बलिंग तर्फ युथका प्रदिप पासवान ३ बिकेट, मिकु मण्डल,दिपेन्द्र राउत २ ÷२ तथा फिरदोष अन्सारी र शहादत अंसारी १÷१ बिकेट हात पारेका थिए ।जवाफमा युथले १९.२ ओभरमा सबै बिकेट गुमाई ११५ रनमै सिमित रहे। टिमका लागी मिनेष थापा ४४,रन रबि रोय ३१ रन बनाएपनि टिमलाई जिताउन असफल रहेका थिए । बलिंग तर्फ गणपतिका कुसल भुर्तेल किफाइती बलिंग गर्दे ४ बिकेट दिपेन्द्र ऐरी ३ तथा राजेश सिँह र फिरदोष अंसारीले १÷१ बिकेट हात पारेका थिए  ।

सो खेलको म्यानअफ दि म्याच दिपेन्द्र ऐरी घोषित भएका थिए । घोषित म्यान अफ दि म्याचलाई सदभावना पार्टीका क्षेत्र ३ अध्यक्ष लक्षमण यादबले पुरस्कार प्रदान गरेका थिए । फाईनल खेल कार्तिक ११ गते गणपति क्रिकेट कल्व राजबिराज बिरुद्ध मेसुलंका राजबिराज बिच हुने छ भने फाईनल खेलको प्रमुख अतिथि सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको उपस्थितीमा हुने आयोजक समितिका पवन दासले जानकारी गारउका छन ।

तपाईको प्रतिक्रिया