०९ कात्तिक, दिलिप साह राजविराज। सप्तरीको खड्गपुरबाट प्रहरीले मंगलबार चार हजार मूल्य बराबरको पटाकासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरी पकरी गाविस–८ बस्ने २० वर्षिय शंकर दास रहेका छन् । दासलाई प्रहरी चौकी काचनबाट खटिएको टोलीले खड्गपुर १ बाट मंगलबार बिहान ०९ः३० बजे पक्राउ गरेको हो ।

स ६ प ४०५ नम्बर को मोटरसाइकलम भारततर्फबाट आउदै गरेको दासको साथबाट खोर्सानी पटका १४० पिस, बुलेट पटका १८ पिस, आलु बम ८ प्याकेट, फुलझरी ९ पिस, ठुलो पटका ३ पिस, रकेट बम ४ प्याकेट र झीरझिरे ६ प्याकेट सहित पटाका बरामद भएको छ । बरामद पटाका सहित दास र सवारी साधनलाई आवश्यक कारवाहीको लागी ईलाका प्रहरी कार्यालय कल्याणपुरमा राखिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया