garibi niwarn inaruwa  (1)

९ कात्तिक  इनरुवा । सुनसरीका विभिन्न सीमावर्ति गाविसहरुलाई लक्षित गरी गरिवी निवारणका लागि सरोकारवालाहरु सँग सुझाव संकलन गरिएको छ ।  काठमाण्डौंमा रहेको प्रजातान्त्रिक सेवा केन्द्रको आयोजना तथा गरिवी निवारण कोषको सहयोगमा सम्पन्न कार्यक्रममा राजनैतिक दलका जिल्लास्थित नेताहरुले गरिवी निवारणका क्षेत्रमा संचालनमा ल्याइनु पर्ने कार्यक्रमका बारे सुझाव दिएका थिए ।

garibi niwarn inaruwa  (2)
दलका नेता तथा सरोकारवालाहरुले गरिवी निवारणका लागि संचालनमा ल्याइने कार्यक्रम लक्षित क्षेत्रको विकास र विस्तारमा केन्द्रित रही संचालनमा ल्याइनु पर्ने सुझाव दिए । कार्यक्रमका नाममा लक्षित समूदायमाझ बाख्रा तथा सुँगुरका पाठा वितरण जस्ता कार्यक्रम संचालन गरेर गरिवी निवारण नहुने भएकाले गरिव समूदायलाई भुलभुलैयामा नपार्न समेत राजनैतिक दलका नेताहरुले सुझाए । सुनसरीका १५ गाविसमा गरिव निवारण कोषका साथै अन्य गैरसरकारी निकायहरुले पनि गरिव लक्षित कार्यक्रम संचालनमा ल्याउँदै आएतापनि खासै जीवनस्तरमा सुधार भने आउने सकेको देखिददैन् ।

तपाईको प्रतिक्रिया