कात्तिक १०, चिमडी सुनसरी /वन तथा भू संरक्षण मंत्री शंकर भण्डारीले लोकमान सिङ कार्की विरुद्धको महाअभियोग सम्वन्धमा अन्य दल जस्तो नेपाली काँग्रेसले हतारको निर्णय नगर्ने बताउनु भएको छ ।
स्वयं सत्ता साझेदार दल माओवादीले महाअभियोग प्रस्तावको विषयमा काँग्रेससँगको छलफल विनानै एमालेसँग मिलेर प्रकृया अघि बढाउने हतारको निर्णयले मुलुकमा जस्तोसुकै परिणाम समेत निम्तन सक्ने भएकाले त्यसतर्फ काँग्रेस सचेत रहेको भण्डारीको भनाई थियो ।
महाअभियोग प्रस्ताव काँग्रेसको साथ र समर्थनविना पास हुन नसक्ने भएकाले त्यस सन्दर्भमा पाटीले सूक्ष्म अध्ययन वीना कुनैपनि कदम अघि नबढाउने वहाँले स्पष्ट पार्नु भयो ।सुनसरीको चिमडीमा रहेको वरजु ताल संरक्षण तथा निर्माणमा नेपाली सेनाको श्री नम्वर १ राष्ट्र विकास गणले पुर्न निर्माणको काम गर्दै आएको छ ।
मंत्री भण्डारी सहितको टोलीले भैरहेका काम तथा भावि योजनाका बारे जानकारी बटुलेको थियो ।२ करोड ३६ लाखको लागतमा बरजुताललाई हराभरा र पर्यटकिय क्षेत्र बनाउने उद्येश्यसाथ नेपाली सेनाले असार महिनाबाट सो क्षेत्रमा विकास निर्माणको जिम्मेवारी सम्हाल्दै आएको छ ।