saudi rajkumar princeएजेन्सी । हत्या गरेको पुष्टि गर्दै साउदी अरेबियाका राजकुमार टुर्की बिन साउद अल–काबिरलाई गएको मंगलबार फाँसी दिइएको थियो । तीन वर्षअघि आफ्नै साथीलाई गोली हानी हत्या गरेको आरोप पुष्टि भएपछि राजकुमार अल–काबिरलाई फाँसी दिइएको हो । फाँसीका दिएका धेरै घटना रहस्यनै राखिएको छ भने केही घटना बाहिर आएको छ । राजकुमारलाई फाँसी दिनु भन्दा चार घण्टा अघि उनका परिवारले राजकुमारलाई भेटेका थिए । उनको परिवारले उनलाई करुण मिश्रीत गुड बाई गर्दै बाहिरिएका थिए ।

फाँसी दिनै लाग्दा उनका परिवार चिच्याएर रोएको गल्फ न्युजले लेखेको छ । राजकुमारको परिवारलाई छोरालाई विदाई गर्न बोलाइएको थियो र भनिएको थियो तपाईले छोराको केवल आँसु हेर्न र उनको करुणात्कम स्वर सुन्न मात्र सक्नुहुन्छ भन्दै डाकिएको साउदीका एक अधिकारीले ट्वीटरमा लेखेको गल्फन्युजले जनाएको छ । यस्तै मृतकका परिवारलाई राजकुमारका परिवारले अन्तिम समयसम्म पनि ब्लड मनी स्वीकार गर्न आग्रह गरेका थिए । तर मृतकका परिवारले ब्लड मनी स्वीकार नगरेका कारण राजकुमारलाई फाँसी दिइएको गल्फ न्युजले लेखेको छ ।

उनलाई फाँसी दिनुभन्दा अघि कुरान पढ्न दिइएको थियो । कुरान पढेपछि स्वर्गमा पुग्ने विश्वास मुस्लिम समुदायमा गरिन्छ । ७ बजे कुरान पढेको उनलाई ११ बजे मृत्युदण्ड दिएको गल्फ न्युजले उल्लेख गरेको छ । साउदी अरेबियामा विभिन्न अपराधमा संलग्नलाई मृत्युदण्ड दिने गरिएको छ । राजकुमार अल–काबिर यो वर्ष फाँसीको सजाय पाउने एक सय ३४ औं व्यक्ति हुन् । सर्वसाधारण नागरिकलाई फाँसीको सजाय दिनु सामान्य रहेपनि साउदी राजपरिवारका सदस्यलाई फाँसीको सजाय निकै कम दिइन्छ ।

तपाईको प्रतिक्रिया