१० कार्तिक, अमर पासमान  सिरहा। पूर्व पश्चिम राजमार्ग अन्तर्गत कर्जन्हा–८ स्थित गए राति हाइलेक्स गाडीले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक युवकको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् ।

ना १ ज ५०१० नं. को हाइलेक्स गाडीले स ७ प ५०५२ नं. को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार सिरहा, कल्याणपुर कालाबन्जर–५ निवासी १८ वर्षीय शेखर कुमार शर्माको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा परी गम्भीर घाइते भएका स्थानीयवासी २१ वर्षीय मुकेश कुमार शर्माको मिर्चैया स्थित मङ्गलम अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।

तपाईको प्रतिक्रिया