IMG_0411 (1)इनरुवा कात्तिक ११ । संचारकर्मी अमर काफ्ले वर्ष २०१६ कालागि रिपोर्टर अफ द इयर घोषित भएका छन् । यसअघि वर्ष २०१४ र २०१५को उत्कृष्ठ संवाददाताको सम्मान समेत हात पारेका काफ्ले लगातार दोस्रो पटक रिपोर्टर अफ द इयर घोषित भएका हुन् ।

मकालु टेलिभिजनले सातौं वार्षिक उत्सवका अवसरमा काफ्लेलाई नगद् १० हजार सहित सम्मान पत्र प्रदान गरेको हो । समाचारका माध्यमबाट समाजमा पुर्याएको योगदान र काम प्रतिको लगनशीलतालाई आधार मानि वर्षको उत्कृष्ठ संवाददाताका रुपमा सम्मान गरिएको मकालु मिडिया प्रालिले जनाएको छ ।

काफ्ले विगत ६ वर्षयता सुनसरी सदरमुकाम इनरुवालाई कार्यक्षेत्र बनाई विभिन्न स्थानीय तथा राष्ट्रिय संचारमाध्यममा संवाददाताका रुपमा रही कार्य गर्दै आएका छन् । काफ्ले इनरुवाअनलाइनको समाचार सम्पादक समेत रहेका छन् । मकालु टेलिभिजनले वार्षिक उत्सवका अवसर पारी हरेक वर्ष विभिन्न विधामा उत्कृष्ठहरुलाई सम्मान गर्दै आएको छ । मकालु टिभी तीन वर्षयता राष्ट्रिय प्रशारणमा रहेको छ ।

तपाईको प्रतिक्रिया