Inaruwa cdp prgm 20161027_125056

इनरुवा कात्तिक ११/ग्रामिण भेगका महिलाहरुमा समान हक र अधिकारको प्रत्याभूतिका लागि जिल्लास्थित सरोकारवालाहरुवीच छलफल चलाइएको छ । महिलाका हकमा सेवा सुविधा र पहुँच अभिवृद्धि गराई जीविकोपार्जनमा टेवा पुग्ने गरी आत्मनिर्भर बनाउन चाल्नु पर्ने पहलकदमीबारेको विषयमा छलफल केन्द्रित रहेको थियो ।

सुनसरीका १५ गाविसमा संचालनमा रहेको सामुदायिक विकास कार्यक्रम (सिडिपी) अन्र्तगत जिल्लास्थित सरोकारवालाहरुको समन्वयात्मक बैठक डाकी आगामी दिनमा चालिने कदमका बारेमा निर्कयौलको प्रयास गरिएको थियो । कार्यक्रममा जिल्ला विकास समिति सुनसरीका योजना अधिकृत शिवकुमार निरौला,यूएनएफपी सुनसरी संयोजक काशी पोखरेल सहित सम्वन्धित क्षेत्रका गाविस सचिव र सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।

आत्मनिर्भर र समान पहुँचको अवधारणा अनुरुप स्थानीय गाविससँगको समन्वयमा बजेट बाँडफाँड गरी महिलाहरुमा शशक्तिकरण गराउनु आफुहरुको प्रमुख उद्येश्य रहेको कार्यक्रम संयोजक सरस्वती कोइरालाले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया