save the earth sabha rajbiraj sapatari

११ कात्तिक, दिलिप साह राजविराज । सप्तरी जिल्ला गुणस्तरीय शिक्षामा धेरै पछाडी भएकोले गुणस्तरीय शिक्षा प्रदानमा सबैले आ–आफ्नो ठाउँबाट सहयोग गरि दिनुहुन नेपाली काग्रेसका सभासद तेजुलाल चोधरीले अनुरोध गरेका छन् । सेभ द सप्तरीको १७ औँ वार्षिक सधारणको प्रमुख अतिथिको आसनबाट बोल्दै चौधरीले गरीब, दलित तथा बिपन्न परिवारका बालबालिकालाई शिक्षाको पहुचबाट अझै टाढा रहेको भन्दै सबैलाई शिक्षाको पहुचमा ल्याउनु पर्ने बताए ।

कार्यक्रममा विशिष्ट अतिथि सप्तरी क्षेत्र नं. ३ का सभासद सकलदेब सुतिहारले मुलुकमा भाषणबाजी र एक अर्काको खुट्टा तान्ने प्रबृति हाबी भएकोले सबैले मिलेर बिकासको काममा जुटनु पर्ने बताए । सेभ द सप्तरीका अध्यक्ष ध्रुब प्रसाद देबको अध्यक्षतामा आयोजित कार्यक्रममा
बिभिन्न सरकारी कार्यालयका प्रमुखहरु, गैर सरकारी संस्थाका प्रतिनिधिहरु, पत्रकारहरु, शिक्षक, महिला लगायतका उपस्थिति रहेका थिए । कार्यक्रममा नेपाल शिक्षक महासंघ सप्तरीका अध्यक्ष फुलेश्वर मंडल र श्री जनता माविका प्रअ जबाहर लाल यादवले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

संस्थाका सचिब नरेन्द्र यादबले आर्थिक वर्ष ०७२÷७३ का आर्थिक विवरण प्रस्तुत गरेका थिए भने स्वगत मन्तब्य कार्य समितिका सदस्य भोगेन्द्र चौधरी ले ब्यक्त गरेका थिए ।

तपाईको प्रतिक्रिया