११ कात्तिक, दिलिप साह राजविराज । सप्तरी सदरमुकाम राजबिराजमा संचालित एमपिएलको टि–टवान्टी क्रिकेटको उपाधी गणपति क्रिकेट टिम प्राप्त गरेको छ । राजविराजमा बिहिवार भएको फाईनल खेलमा गणपतिले मेसुलंका क्रिकेट टिम सप्तरीलाई ५ विकेटले पराजित गरेको छ ।

टस जितेर पहिले व्याटिंग गरेको मेसुलंकाले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाएर १ सय २७ रन बनाउन सफल भयो । उसका लागि बिधान गोस्वामी ३० रन, शेखर झा २६ रन र राकेश कामैत १७ रन बनाए । बलिंगतर्फ गणपतिका दीपेन्द्र ऐरी ३ विकेट, विजय भारती आ मेहबुब आलमले २÷२ विकेट लिएका थिए ।

१ सय २८ रनको लक्ष्य लिएर मैदानमा उत्रेका गणपति १८ ओभर ३ बलमा पाँच विकेट गुमाएर लक्ष्य पूरा ग¥यो । उसका लागि अमल दास ४७ रन, राजेश सिंह २१ रन र मेहबुब आलम नटआउन २० रन बनाए । बलिंगतर्फ मेसुलंकाका रबिन सिंह र बिटु कुमारले २÷२ विकेट, दलजीत कुमारले एक विकेट लिए । खेलको म्यान अफ द म्याच अमल दास घोषित भए ।

प्रतियोगितामा म्यान अफ द सिरिज गणपतिका विजयी भारती, गणपतिकै अमल दास बेस्ट ब्याटसम्यान, गणपतिकै दिपेन्द्र ऐरी बेस्ट बलर घोषित भए । प्रतियोगिता समापनपछि आयोजित कार्यक्रममा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले कप, मेडल, पुरस्कार र प्रमाण पत्र बितरण गरे ।

तपाईको प्रतिक्रिया