११ कात्तिक, दिलिप साह राजविराज। संविधान संसोधनको विषयको समस्या चाडै नै समाधान हुने नेपाली काँग्रेसका कोषध्यक्ष तथा शान्ति मन्त्री सिता देवी यादवले बताउनु भएको छ ।

बिहीबार राजविराजमा दिपाबली तथा छठ पर्वको उपलक्ष्यमा नेपाली काँग्रेस नगर कार्यसमिति सप्तरीद्धारा आयोजना गरिएको शुभकामना अदान प्रदान कार्यक्रममा बोल्दै संविधान संशोधनको विषयमा नेपाली काग्रेसले सर्वसम्मतिबाट निर्णय गरीसकेको बताए । उनले अधिकतम समय खर्चिनु हुदै मधेश काँग्रेसको मुटु रहेकोले मधेशको समस्या समाधान गर्नुपर्छ र त्यसको लागि काँग्रेस लागिपरेको बताए ।

मन्त्री यादवले जिल्लाको विकासको सन्दर्भमा बोल्दै भ्रष्टाचार विकासको प्रमुख बाधक रहेको हुदा सोको लागि जनस्तरबाटै लाग्नु पर्ने धारणा व्यक्त गरे । उनले मुलुकको जल्दो बल्दो लोकमान प्रकरणमा काँग्रेसको संसदीय दलको बैठक बाट निर्णय आउन बाकी रहेको बताउदै अहिले नै सो सम्बन्धमा केही पनि बोल्नु उचित हुन नसक्ने बताए ।

तपाईको प्रतिक्रिया