११ कात्तिक, दिलिप साह राजविराज। नेपाल विद्युत प्राधिकरण राजविराजले चुहावट नियन्त्रण अभियानलाई निरन्तरता दिएपछि सप्तरीमा २ प्रतिशतले विद्युत चुहाबट घटेको जनाएको छ । नेपाल विद्युत प्राधिकरण राजविराजका प्रमुख रामउद्गार साहले वितेको तीन महिना भित्रमा १८ लाख ९० हजार ४ सय ११ रुपैया ३० पैसा जरिवाना असुल गरेको जानकारी दिए ।
प्रहरी र प्राधिकरणको संयुक्त टोलीले चुहावट नियन्त्रण अभियानका क्रममा १ सय २३ जना विद्युत चोरी तथा हुकिङ्ग गर्नेलाई प्रक्राउ गरिएको थियो भने १ सय १६ जनाको समान बरामद गरिएको थियो । १ सय ४८ जनालाई कारवाही गरी जरिवना वापत सो रकम असुल गरेको हो ।
प्राधिकरण प्रमुख साहले तिहार पश्चात विद्युत चुहाबट नियन्त्रण अभियानलाई निरन्तरता दिने भन्दै जसरी भएपनि यो जिल्लालाई विद्युत चुहाबट मुक्त जिल्ला बनाउनमा आफू प्रयासरत रहने बताए ।
गाउँ–गाउँमा स्थानियहरुले विद्युत चुहाबट समिति बनाएको प्रति खुशी व्यक्त गर्दै साहले यसबाट विद्युत चुहाबट नियन्त्रणमा थप मद्दत पुग्ने र ट्रान्सफर्मरहरु पनि जोगिने धारणा राखे ।स्थानियहरुले समिति बनाएर चुहाबट नियन्त्रण गरिरहेका गाउँमा पुगेर समिति सहित स्थानियहरुसंग अन्तरक्रिया गरिने बताउँदै साहले भने –गाउँमा पुगेर समिति तथा स्थानियहरुसंग अन्तरक्रिया गर्छु, यसबाट सेवाग्राहीको गुनासो बुझ्न पनि सजिलो हुन्छ र चुहावट नियन्त्रणमा पनि स्थानियहरु सचेत हुन्छ । उनले छिट्टै नै गाउँ–गाउँमा पुगेर अन्तरक्रिया गर्नेबारे योजना बनाउने जानकारी दिए ।
विगत तीन महिनामा प्राधिकारणले १ सय १६ जनाको मोटर, टि.भी., फ्यान लगायतको प्रति समान न्युनत्तम वापत रु.३ हजारका दरले ७ लाख २९ हजार ३ सय ५० रुपैया ८८ पैसा, मिटर छडकेमा ५७ जनाको कारवाही वापत रु.११ लाख ६१ हजार ६० रुपैया ४० पैसा जरिवानाबाट असुल गरेको थियो भने हुकिङ्ग नियन्त्रण भएको मध्ये ३ हजार २ सय घरधुरीलाई हुकीङ्ग हटाइएको प्रमुख साहले जानकारी दिए ।