१२ कात्तिक, दिलिप साह राजविराज। नेता अख्तियारको कारबाहीमा फस्ने डरले तीन दल महाअभियोगको प्रस्ताव गरेको नयाँ शक्ति नेपाल सप्तरीका संयोजक छेदी रजकले बताउनु भएको छ ।

बद्र प्रसाद गुप्ताको अध्यक्षता तथा पार्टीका जिल्ला संयोजक छेदी रजक (बिमल) को प्रमुख आतिथ्यमा आयोजित उक्त भेलामा अख्तियार प्रमुख लोकमान सिंह कार्कीको नियुक्तिकै बेला दलहरुले गल्ती गरेकाले अब गंगा स्नान गर्न लागेको बताए । उनले अहिले पनि कार्कीलाई कारबाही गर्ने मा प्रमुख दलहरु एकमत नरहेकाले कुरा मिले बोक्ने नभए ठोक्ने खेल भईरहेको बताए ।

चन्द्रदेव मण्डलको संयोजकत्वमा २३ सदस्य २ नम्बर क्षेत्रीय समिति गठन गरेको छ । समितिका सदस्यहरुमा राजदेव मण्डल, बद्र प्रसाद गुप्ता, भोला कुमार राम,नरेश मरिक, राजकुमार मुखिया, रवाना खातुन, तालम खातुन, योगेन्द्र राम, बैधनाथ राम,सबिर सेख, भोला कुमार मैरवैता यादव, मनोज कुमार यादव, गौरी शंकर रजक, लक्ष्मण रजक , मो. मुख्तार, बजरंगी साह, नारायण साह, रामेश्वर रजक,प्रमोद शर्मा, प्रदिप रजक, नागेश्वर मण्डल लगायत रहेका छन ।

भेलालाई नयाँ शक्ति नेपालकी केन्द्रिय सचिवालय सदस्य लक्ष्मी चौधरी, केन्द्रिय परिषद् सदस्य कृष्ण कुमार गुप्ता, भातृ संगठनका संयोजक जगजीवन राम, जिल्ला सदस्य अमृत साफी, बेचन राउत,पार्टीका जिल्ला सदस्य दिप नारायण साह लगायतले सम्बोधन गरेका थिए ।
हनुमाननगर माविमा भएको भेलामा सयौं जना नेता कार्यकर्ताको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया