Paracitamol१२ कात्तिक, दिलिप साह राजविराज । प्रहरीले गोप्य सुचनाको आधारमा जिल्लाको लालापट्टि गाविसमा रहेको स्वाथ्य चौकीबाट म्याद सकिएको औषधी बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय सखडाबाट खटिएको प्रहरी टोलीले उक्त स्वास्थ्य चौकीमा म्याद २०१५ लेखिएको पारासिटामोल (बी.पी.) ५०० एमजी लेखिएको ६ सय २ थान औषधी बरामद गरेको हो ।

म्याद सकिएको औषधी बरमाद पश्चात आवश्यक कारबाहीका लागि जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरी पठाएको र आवश्यक अनुसन्धानका लागि उक्त स्वास्थ्य चौकीको सिनियर अ.हे.ब. आनन्द लाल यादवलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक दान बहादुर कार्कीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया