१२ कात्तिक, इनरुवा। सुनसरीमा बसको ठक्करबाट आज एक साइकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरीको इटहरी–१६ एकम्वा बस्ने १८ वर्षीया प्रतिमा चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

भासी–५ स्थित महेन्द्र राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना४ख ७३९४ नंको बसले साइकल यात्रीलाई ठक्कर दिँदा चौधरीको मृत्यु भएको हो ।

 चौधरीलाई ठक्कर दिँदा गम्भीर घाइते भएकाले उपचारका लागि जिल्ला अस्पताल इनरूवामा ल्याई उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया