इनरुवा कात्तिक १३/स्थानीयतहमा विविध दवाव मूलक कार्यक्रम गर्दै आएका इनरुवाका युवाहरुले जिल्ला अस्पताल इनरुवालाई फोहोर जम्मा गर्ने भाँडो उपहार दिएका छन् । युथ अफ इनरुवाले अस्पतालको फोहोर व्यवस्थित गर्न सघाउ पुर्याउने उद्येश्यसाथ सो सामाग्री उपलब्ध गराएको हो ।

अस्पताल प्रशासनले आवश्यक्ता अनुरुप सानातिना कुराको समेत व्यवस्थापन गर्न नसकेको भन्दै युवाहरुले सो सामाग्री  अस्पताल प्रशासनलाई हस्तान्तरण गरेको हो । जनक स्मृति माविले सौजन्य गरेको सामाग्री कार्यक्रमका प्रमुख अतिथि सुनसरीका प्रशासकिय अधिकृत विश्वनाथ ओझाले अस्पताल व्यवस्थापन समितीका अध्यक्ष भरत मेहतालाई हस्तान्तरण गर्नुभएको थियो । युथ अफ इनरुवाले इनरुवा क्षेत्रमा सरसफाईका साथै सरकारी सेवामा सर्वसाधारणको पहुँच तथा स्थानीय तहमा जनचेतना अभिवृद्धि जस्ता कार्यक्रमहरु संचालन गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया