इनरुवा कात्तिक १३/महाकवी लक्ष्मी प्रसाद देवकोटाको १०८ औं जन्म जयन्तिका अवसरमा इनरुवाका कवि साहित्यकारहरुले आफ्ना सीर्जना प्रस्तुत गरी मनाएका छन्  । महानन्द स्मृति साहित्य प्रतिष्ठानको आयोजनामा शिव मन्दिरमा भेला भएका साहित्यकारहरुले महाकवी देवकोटाले नेपाली साहित्य क्षेत्रमा पुर्याएको योगदानका बारे चर्चा गरिएको थियो ।

निरञ्जन गुरुङ, कवियत्री विमला पोखरेल, रमेन्द्रमुनी कोइराला, लिलानाथ सिलवाल, डम्बरु बल्लभ भण्डारी, आरके निरौला, पुरुषोत्तक घिमिरे, लगायतले कविता बाचन गरेका थिए । जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रशासकिय अधिृकत विश्वनाथ ओझाको प्रमुख अतिथि रहेको सो कार्यक्रमको अध्यक्ष प्रतिष्ठानका अध्यक्ष छविनाथ रिजाल रहेका थिए ।

तपाईको प्रतिक्रिया