rajendra-mahato inaruwa

इनरुवा /सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधान कार्यान्वयनका लागि मधेशका मुद्धा सम्बोधन बाहेकको विकल्प नरहेको बताउनु भएको छ । सुनसरीको इनरुवा पुग्नु भएका महतोले प्रचण्ड नेतृत्वको सरकारलाई मोर्चाको समर्थन संविधान संसोधनका लागि भएको स्पष्ट पार्दै संसोधनको प्रकृयामा देखिएको ढिलासुस्तीले आशंका उब्जाएको बताउनुभयो ।

सीमाङकनका सवालमा आफुहरुले उठाएका मुद्धा सम्बोधनकालागि समेत संविधान संसोधन अनिवार्य रहेको वहाँको भनाई थियो ।
महतोले संसदमा संसोधन प्रस्ताव अघि बढेसँगै मधेशका बारे अन्य दलको विचार स्पष्ट हुने र आफुहरु सोही अनुरुप अघि बढ्ने धारणा राख्नु भयो । महतो वर्गिय मञ्च समन्वय समिति सुनसरीले आयोजना गरेको क्षेत्र नम्वर ४ र ५ को क्षेत्रीय अधिवेशन उद्घाटनका लागि इनरुवा पुग्नु भएको थियो ।

तपाईको प्रतिक्रिया