१३ कात्तिक, दिलिप साह राजविराज । सघीय समाजबादी फोरम नेपालले मलेकपुरको गाउँ भेला शनिबार सम्पन्न भएको छ ।संघीय समाजवादी फोरम नेपाल मलेकपुरका अध्यक्ष रामेश्वर यादबको अध्यक्षता तथा संघीय समावादी फोरम नेपालका केन्द्रिय उपाध्यक्ष एबम तराई मधेश प्रदेशका संयोजक रेणु यादबको प्रमुख आतिथ्यमा एक कार्यक्रमको बीच गाउँ भेला सम्पन्न भएको हो ।

भेलामा बोल्दै प्रमुख अतिथी यादबले सदियौ देखी मधेशी, आदिबासी लगायतका बिभृेदमा पारिएका समुदायको अधिकार प्राप्त नहुन्जेल आन्दोलन जारी रहने बताईन । उनले छठ पछी हुने आन्दोलनलाई शसक्त र निर्णायक बनाउन सम्पुर्ण उत्पीडीत समुदाय एकजुत भएर लाग्नु पर्नेमा जोड दिईन । भेलामा तराई मधेश प्रदेश समितीका सदस्य राधेश्याम पंडित, जिल्ला सदस्य एबम क्षेत्र नम्बर ४ का ईन्चार्ज शिबशंकर यादब, जिल्ला सल्लाहकार राम अबतार यादब, क्षेत्र नम्बर ४ का अध्यक्ष अमरनाथ यादब, सदस्य संतोष कुमार मण्डल लगायतकाले मनतब्य ब्यक्त गर्नुभयो ।

संघीय समाजबादी फोरम नेपाल मलेकपुरका सचिब ईन्द्रदेब साहद्धारा संचालित कार्यक्रममा स्वागत सत्य नारायण यादबले गर्नुभयो ।
भेलाले तेज नारायण यादबको अध्यक्षतामा २२ सदस्य गाउ अधिबेशन आयोजक समिती गठन गरेको जनाएको छ । भेलाबाट सदस्यता बितरण र नबिकरण गरी मंसिर १५ गते सम्ममा गाउँ अधिबेशन गर्ने, आगामी आन्दोलनको तयारीमा जुट्ने सहितको बिभिन्न निर्णय गर्दै गाउँ भेला सम्पन्न भएको संघीय समाजबादी फोरम नेपाल मलेकपुरले जनाएको छ ।

तपाईको प्रतिक्रिया