Gaja

१३ कात्तिक दिलिप साह राजविराज। प्रहरीले लागुऔषध गाँजासहित भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । प्रहरीले शनिवार दिएको जानकारीनुसार सप्तरीको हनुमाननगर योगिनीमाई नगरपालिकामा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले हनुमाननगर योगिनीमाई नगरपालिका–१ बाट एक भारतीय गरी दुई जनालाई गाँजासहित पक्राउ गरेको हो ।

सोही ठाउँका ३८ वर्षीय लालु यादव र भारतको सुपौल जिल्ला देवीपुर बस्ने ४८ वर्षीय धनराज मुखियाँ लाई पक्राउ गरेको हो । उनीहरुको साथबाट ६ किलो गाँजा बरामद गरिएको र थप अनुसन्धान र्भरहको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया