१३ कात्तिक, दिलिप साह राजविराज। तराई र मधेसका पाँच जिल्ला बाहेक अन्य जिल्लालाई मधेस प्रदेशमै राख्न प्रमुख तीन दलका नेताहरु तयार भएको सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले बताएका छन् । अब पाँच जिल्लामा मात्रै विवाद रहेको र यी जिल्लाका मधेस बाहुल्य वस्तीलाई समेटेर भए पनि सीमांकनको विवाद ट्ंग्याउनुपर्ने अध्यक्ष यादवले बताउनुभयो ।

प्रेस मञ्चले शनिबार राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा महतोले भन्नुभयो–‘वार्तामा संविधान संशोधन र सीमांकनको कुरा हामी उठाउँछौं ।’ सरकारसँग मधेसी मोर्चाको आइतबार औपचारिक वार्ता हुने र सो वार्तामा सीमांकन र संविधान संशोधनको विषयलाई आफूहरुले एजेन्डा बनाउने महतोले जानकारी दिनुभयो । ‘सरकारसँग मधेसी मोर्चाको औपचारिक वार्ता हुने जानकारी प्राप्त भएको छ । पाँच जिल्लाका पहाडी वस्तीलाई पहाडमा र मधेसी वस्तीलाई मधेसमा मिसाएर भए पनि सीमांकनको विवाद टुंग्याउनुपर्नेमा महतोले जोड दिनुभयो ।

सम्मेलनमा महतोले भन्नुभयो–झापादेखि चितवनसम्म मधेस र नवलपरासीदेखि कञ्चनपुरसम्म थरुहट प्रदेश आफूहरुको एजेन्डा रहेको बताउँदै यस्तो नगरे आफूहरुले सीमांकन नमान्ने उदघोष गर्नुभयो । संविधान संशोधन नगरिए मुलुकमा ठूलो संकट उत्पन्न हुने बताउँदै महतोले वार्तामा संविधान संशोधनको कुरा जोडका साथ उठाइने जानकारी दिनुभयो । उहाले छठभित्र संविधान संशोधन प्रस्ताव संसदमा पेश नभए मोर्चाको बैठक बसेर आन्दोलनको कार्यक्रम सार्वजनिक गरिने बताउनुभयो ।

पूर्वका झापा, सुनसरी र मोरंग तथा पश्चिमका कैलाली कञ्चनपुरलाई मधेसको प्रदेशमा दिन खोजेको छैन’ भन्दै यी पाँच जिल्लालाई पनि मधेसमा नदिए सीमांकन मान्य नहुने महतोले बताउनुभयो । यी पाँच जिल्लाका बासिन्दा मधेसको प्रदेशमा जान चाहँदैनन् भन्ने भ्रम फैलाइएको बताउँदै महतोले यो भ्रम चिर्न पाँच जिल्लामा बसोबास गर्ने मधेसी र थारुसँग सोध्नुपर्ने बताउनुभयो ।

‘सरकार र मुख्य दलका नेताहरुले जनता नै मधेस प्रदेशमा जान नखोजेको भनेर भ्रम फैलाइरहेको छ’ महतोले भन्नुभयो– वास्तविकता यो होइन, यी जिल्लामा बसोबास गर्ने मधेसी र थारुहरुले तराई र मधेसकै प्रदेशमा बस्न चाहेका छन् । यसको सर्वेक्षण, जनमत संग्रह जे हुन्छ, सरकारले गरोस् । आएको परिणामलाई हामी पनि मान्नेछौं ।

तपाईको प्रतिक्रिया