Kumahar photo saptari news

१४ कार्तिक, राजकुमार पासवान  सप्तरी। विधुतीय सामग्रीहरुको अत्यधिक प्रयोग बढेपछि कुमहालहरुको परम्परागत पेशा संकटमा परेको छ । दिपावली र छठ लगायत धार्मिक कार्यमा माटोका भाडा वर्तन ठाउँमा विधूतीय सामग्रीहरु प्रयोग हुन थालेपछि कुम्हारहरको पेशा संकटमा परेको हो ।

धार्मिक कामममा माटोले बनाएको दियो,ढकनी आदी समानहरुको विक्री विगतमा भन्दा कम भएको छ । कञ्चनरुप नगरपालिका १ बरमझियाका ७२ बर्षिय भोला देवी पंण्डितले भनिन् “आज भन्दा दुई बर्ष पहिला हरेक बर्षको दिपाबली तथा छठ पर्वमा दश हजार देखि १५ हजार सम्म माटो दियो बेच्चेर कमाउँथ्यें,तर पछिल्लो समय विधुतीय सामग्रल्स बजार लिएपछि मुसकिलले एक हजार देखि १५ सय सम्म कमाई हुन्छ ।”

त्यस्तै कञ्चनरुप नगरपालिका १ का शंम्भु पण्डितले भने “ विगतमा माटाका भाँडा बनाएर दैनिक कम्तिमा पाँच सय कमाइ गर्न सकिन्थ्यो तर चार जनाको परिवारलाई सो कमाईले लालन पालन गर्न सकिन्थ्यो तर अहिले त्यो अवस्था छैन । ” उहाँले विजुली बत्तिले कुम्हारको पैसा संकटमा पारेको बताउनु भयो ।

पंण्डित समुदायबाट राजनीति क्षेत्रमा सक्रिय भएका स्थानिय छेदी पंण्डित भन्छन् “ विधुतीय सामग्रीका दिपावलीमा प्रयोग हुने थालेपछि ग्राहकहरु रची उतैतिर बढेर गएको छ ।” विधुतीय समानहरु प्रयोग हुनथालेपछि मेरो गाउँ एक सय घरधुरी परिवारको परमपरागत ब्यापार चोपट भएको बताउनु भयो ।

नेता पण्डितले भन्नुभयो“एक त विधुतीय समानहरु प्रयोगमा आइसकेपछि कुम्हार समुदायको परम्पारागत पेसा शंकटमा परेको छ , यसलाई संरक्षण गर्न कोही पनि लागेन । कुम्हार समुदाहरुको पेसालाई सर्मद्धन गर्न कोही पनि सहयोग गरेनन् । कञ्चनरुप नगरपालिकाले माटोले बनाउने परम्परागत पेशालाई आधुनिकीकरण गर्न सहयोग गर्नुपर्ने स्थानीयहरुको भनाइरहेको छ ।

तपाईको प्रतिक्रिया