bhola paswanभोला कुमार पासवान लहान । राष्ट्रिय भूमि अधिकार मञ्चका केन्द्रिय अध्यक्ष ल्यामबहादुर दर्जीले मोही जग्गा बाँडफाँड का लागि सरकारले अन्तिम पटक अवसर दिएकोले त्यसबाट मोही जमिन जोतिरहेको किसानहरुले फाईदा लिनुपर्ने बताएनु भएको छ । सिरहाको लहानमा शुक्रबार मोही प्रशिक्षण भेला एंव अन्तक्रिया कार्यक्रममा उक्त कुरा बताउनु भएको हो ।

ऐसियाली किसान संगठनका समेत अध्यक्ष रहनु भएको दर्जीले भन्नुभयो “ २०७४ साल भदौं ५ गतेसम्म मोही बाँडफाँडका लागि निवेदन दिने समय सिमा छ,तपाई मोहीहरु निवेदन दिनुस् र आधा जमिन लिनुहोस् ।” अझै पनि जमिनदारहरु विभिन्न वहानामा मोही किसानहरुलाई दुःख दिने गरिरहेकोले मोहीहरु एकजुट भएर लाग्नु पर्नेमा जोड दिदैँ भन्नुभयो “ १० वर्ष भूमि अधिकार मञ्चले गरेको आन्दोलनले यो अवसर प्राप्त भएको छ,कोही पनि मोही छुट्नु भएन ।” मोही बाँडफाँडबाट १ लाख १९ हजार ६ सय ८५ दर्तावाल मोहीले अधिकार पाउँने अध्यक्ष दर्जीले बताउनु भयो ।

BHUMI PHOTO
विगतमा मोही लागेको जग्गा बाँडफाँट गर्दा मोहीभन्दा जग्गाधनीले नै बढीफाइदा लिएका छन् । मोहीले जग्गा लिनुपर्नेमा धेरैले नगद बुझेको देखिन्छ । यो नगद पनि कागतमा मात्र देखाइएको तर मोहीले नपाएको अवस्था छ रहेको भन्दै सामुदायिक आत्मनिर्भ सेवा केन्द्रका कार्यकारी निर्देशक जगत देउजाले भन्नुभयो “२०२१ सालको भूमि ऐन गत वर्ष असोजमै संसोधन भएर मोही बाँडफाँडको लागि बाटो खुलेपनि नियमावली बनाउन र राजपत्रमा सूचना प्रकाशित गर्न ८ महिना लाग्नुको मुख्य कारण कर्मचारीतन्त्रमा पनि जमिनदारको पकड कायम रहकोले हो । ” उहाँले मोहीहरु संगठित भएर नलागे गाविसदेखी मालपोत,भूमि सुधार कार्यालयका कर्मचारीहरुले समेत दु ः ख दिने भएकाले तत्काल एक जुट हुन आग्रह गर्नु भयो ।

उहाँले भन्नुभयो “ विगतमा बाँडफाँट प्रक्रिया सरल हुन सकेको छैन । जग्गामा आफैं श्रम गर्ने मोहीकोमा जमिन पु¥याउनु, उसलाई उत्साहित गर्नु र उत्पादन बढाउनु मोही बाँडफाँटको उद्देश्य हो । तर फेरी पनि धेरथोर रकम लिएर मोहीले जग्गा छाड्ने हो भने बाँडफाँटको खास अर्थ मोही कट्टा गर्नु मात्र हुनेछ । ”

मधेसी जन अधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष वेचन महतोले १० वर्षपछि सरकारले मोही बाँडफाँडका लागि सूचना प्रकाशित गरेर भूमिमा कायम दोहोरो स्वामित्व अन्त्य गर्न खोज्नु सकारात्मक भएकाले त्यसको फाईदा सबै मोही किसानले लिनु पर्ने बताउनु भयो । उहाँले भूमिमा दोहोरो स्वामित्व हटेपछि उब्जाऊ बृद्धि हुने बताउनु भयो ।

१० वर्षअघिसम्म सिरहा र सप्तरीका किसान आफुलाई खान पुग्ने अन्न राखेर बाँकी भारतमा बिक्री वितरण गर्ने गरेको भएपनि अहिले २ किलो दाल पनि भारतबाट किनेर ल्याउने परिस्थिती सिर्जना भएको बताउनु भयो । जिल्ला अध्यक्ष महतोले भने “सरकारको भूमि नीति पनि सकारात्मक छैन,धान उब्जाउ हुने जग्गामा पलटिङ्ग गर्न दिएको,जमिनदारहरु शहर केन्द्रित भएर जग्गा बाँझो छोडेको र दोहोरो स्वामित्व अन्त्य नभएकोले उब्जाऊ कम भएर अन्नमा परनिर्भर भएको हो । ”

गरिब जनता अझै पनि शोषित भइरहको भन्दै नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य अविरल थापाले राजा महराजाका पालादेखी अहिलेसम्म निमुखा गरिब जनता शोषित हुदैँ आइरहेको छ । आफनो अधिकार लिन पिडीत स्वयम जागरुकर मेहनत गर्नु्पर्ने कुरामा जोड्दै दिदैं भने “सधै काम गर्ने गरिब खान नपाउने तर घरमा बसीरहने धनी केही काम नगरेपनि सबै थोक खाइरहेको छ । ”

नेकपा एमालेका केन्द्रीय सदस्य रामरती रामले मोही किसानहरुलाई जमिनदार तथा भूमिसुधार कार्यालयका कर्मचारीहरु अझै पनि दुःख दिइरहेको बताउनु भयो । उहाँले अधिकारका लागि सबै भूमिहीन तथा मोहीहरु एक जुट हुनु पर्ने बताउँनु भयो । जिल्ला भूमि अधिकार मञ्च सिरहाका अध्यक्ष चन्द्रबहादुर मोक्तानले मोहीहरुलाई समस्या परे जिल्ला भूमि अधिकार मञ्च त्यसको विरुद्धमा लड्न तयार रहेको बताउनु भयो । मोही भेलामा करिब सय जना मोहीहरुको सहभागिता रहेको थियो भने मोही सम्बन्धी कानुनी तथा नीतिगत व्यवस्था बारे भोला पासवानले सहजीकरण गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया