swagat-680x392

इटहरी, २० कात्तिक ।  कोरीयन राजदुत चोइ योङ जिनलाई आज इटहरीमा कोरीया भाषा उत्तिण विद्यार्थीहरुले स्वागत गरेका छन् । धरानमा आयोजित कार्यक्रममा सहभागी हुन जाने क्रममा इटहरीमा विद्यार्थीहरुले स्वागत गरेका हुन् ।

कोरियन भाषा अध्यापन गराउदै आएको इटहरीको लोटस कम्प्युटरमा स्कील टेष्टका लागि तयारी गरीरहेका दुई सय ५० विद्यार्थीहरुले कोरीया र नेपालको झण्डा फहराउदै राजदुत जिनलाई स्वागत गरेका हुन् ।

लोटसका भाषा प्रशिक्षक रविन्द्र निरौलाले राजदुत जिनलाई फुलको गच्छा दिदै कोरीया जान चाहनेहरुका लागि भाषा परिक्षा सञ्चालन गरीरहेको कोरियाले पूर्वमा समेत भाषा परिक्षा दिन पाउनेको व्यवस्था गर्न अनुरोध गर्नुभएको थियो । हाल भाषा परिक्षा काठमाडौं र पोखरामा मात्र हुदै आएको छ ।

इटहरी चौकमा गाडिबाट ओर्लिएर राजदुत जिनले विद्यार्थीहरुसँगै सामूहिक फोटो खिच्नुभएको थियो भने स्वागतका लागि धन्यावाद ज्ञापन गर्नुभएको थियो ।

कोरीया नेपाली श्रमिकहरुको लागि निकै आकर्षक श्रम गन्तव्य रहदै आएको छ । कोरीयाले सन् २०१६ मा कोरीयामा श्रमका लागि हालै लिएको परिक्षामा समेत आठ हजार चार सय ९० जना विद्यार्थी उत्तिर्ण भएका थिए ।पुर्वेलिन्युजबाट

 

तपाईको प्रतिक्रिया