१५ कार्तिक, रोशन पोखरेल बिराटनगर। जिल्ला प्रहरी कार्यालय मोरङले तिहारको समयमा पटका जन्य विस्पोटक पटका आयातमा रोक लगाएको भएपनि विराटनगरका अधिकांश स्थानमा खुल्ला रुपमा आयात भै रहेको छ ।

विष्पोटक जन्य पटका र आतिसबाजीजन्य पटकाहरू विराटनगरका वजारमा व्यापारीहरुले आयत गर्दा समेत मैन वसेको विराटनगर बासिले आरोप लगाएका छन । स्थानिय प्रहरीले नाम मात्रको रोक लगाएको विराटनगर १ का विकाश राईले बताउनुभयो ।

सिमा क्षेत्रमा तैनाथ प्रहरीले आर्थिक प्रलोभनमा पटका ल्याउदा पनि कमिशनको लोभमा पटकाको निवाध रुपमा नेपाल आयात भै रहेकोे जोगवनिका एक व्याक्तिले नाम नवताउने शर्तमा बताएका छन । प्रहरीले सुरक्षा व्यावस्थामा नाम मात्रको कडाइ गरेको र सर्वसाधारण जनतालाई झुक्याएर कमिशनको खेलमा पटका आयात भै रहेको बताइएको छ ।

विराटनगरमा खुल्ला सिमानाका कारण बारुदजन्य पटका आयात भै रहेको एक प्रहरी अधिकृतले बताएका छन । तर प्रहरीले यस विषयमा सादा पोसाकमा प्रहरी परिचालन गरेपनि उल्लेनिय उपलव्धि भने हाँसिल गर्न नसकेको उनले बताएका छन । रातको समयमा अति नै धेरै विष्पोटक पदार्थ पडकने गरेको कारण सुत्न समेत समस्या भएको विराटनगर ६ का आशिष रौनियारले बताउनुभयो

तपाईको प्रतिक्रिया