१५ कार्तिक, काठमाडौं । यो वर्षको भाइटीकाको उत्तमसाइत कात्तिक १६ गते (मंगलबार) मध्याह्न ११ बजेर ५२ मिनेटमा रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।

 भाइटीका लगाउन साइत हेर्नु नपर्ने भएपनि साइतमै टीका लगाउनेहरुका लागि ११ बजेर ५२ मिनेट जाँदा टीका लगाउनु उपयुक्त हुने समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले जानकारी दिए । गौतमले टीका लगाइदिने दिदीबहिनीले पूर्वदिशामा फर्कने र टीकाथाप्ने दाजुभाइ पश्चिम दिशामा फर्केर टीका लगाउनु उत्तम हुने बताए ।

तपाईको प्रतिक्रिया