son of lalu yadav chora

पटना । बिहारका चर्चित पूर्वमुख्यमन्त्री लालुप्रसाद यादवका छोरा तेजस्वी युवतीहरू माझ कति लोकप्रिय छन् भन्ने भर्खरैको एउटा घटनाले बताएको छ। गत वर्ष उपमुख्यमन्त्री बनेपछि उनले राज्यको सडक स्तरोन्नतिका लागि जनतासँग वाट्स एपबाट सुझाव संकलन गर्नका लागि आफ्नो टेलिफोन सार्वजनिक गरेका थिए। तर, उनलाई सडक स्तरोन्नतिभन्दा बढी विवाहको प्रस्ताव आएको सरकारी अधिकारीले बताएका छन्। २५ वर्षीय युवा उपमुख्यमन्त्री तेजस्वीका लागि तीन महिनाको अवधिमा ४४ हजार युवतीले प्रस्ताव राखिसकेका छन्।

उनलाई सबैभन्दा बढी बिहार र पञ्जावका युवतीले बिहेको लागि प्रस्ताव राखेका हुन्। तर, तेजस्वीले विवाहको निर्णय लिने अधिकार आफूले आफ्नो आमा–बुवालाई छोडेको भन्दै युवतीहरूको प्रस्ताव अस्विकार गर्दै आइरहेका छन्। तेजस्वी पहिले क्रिकेट खेल्थे। उनलाई गत वर्षको निर्वाचनमार्फत लालुले राजनीतिमा ल्याएका थिए। उनलाई पठाइएको पत्रमा ३ हजार मात्र यस्तो पत्र छ, जसले सडक स्तरोन्नतिको लागि निवेदन पठाएका छन्। बाँकी सबै बिहेको प्रस्ताव थियो।

गाइवस्तुलाई ख्वाउने चारा घोटालामा जेल परेपछि लालुप्रसाद यादव भारतको कानुन अनुसार कुनै सार्वजनिक पदमा बस्न अयोग्य छन्। त्यसैले उनले आफ्नो स्थानमा दुवै छोरालाई राजनीतिमा सक्रिय गराएका छन्। नितिशकुमार यादव मुख्यमन्त्री रहेको बिहार राज्यमा तेजस्वीबाहेक उनको अर्को छोरा तेजप्रताप यादव पनि मन्त्री छन्। तेजस्वीको हातमा यातायात मन्त्रालय छ भने तेजप्रतापसँग स्वास्थ्य मन्त्रालय। दुवै अविवाहित छन्।

तपाईको प्रतिक्रिया