banglades hindu mutri

कात्तिक १६, काठमाडौँ। बंगलादेशमा फेसबुकमा इस्लाम विरोधी सामग्री पोस्ट गरेको भन्दै त्यसको विरोधमा आक्रोशित समूहले हिन्दु मन्दिर र घरमा तोडफोड तथा आगजनी गरेको छ ।नासिरनगरमा आक्रोशित समूहले हिन्दु समुदायको घर तथा मन्दिरमा आक्रमण गरेका हुन् ।

त्यस क्षेत्रका १० भन्दा धेरै मन्दिरमा पनि आगजनी तथा तोडफोड र कम्तिमा २० घरमा आगजनी भएको बिबिसीले जनाएको छ । उक्त समुहले लुटपाट र कुटपिट पनि गरेको समाचारमा जनाइएको छ ।

मुस्लिमहरुको बाहुल्यता रहेको बंगलादेशमा हिन्दु समुदाय अल्पसंख्य छन् ।एक हिन्दु युवकले मुसलमानको पवित्र धर्मस्थल काबाको तस्बिर एडिट गरेर त्यसमाथि शिवलाई राखेको तस्बिर पोस्ट गरेपछि यस्तो घटना भएको स्थानीय प्रहरीले जनाएको छ । तिहारको अबसरमा यसरी हिन्दुहरुको मन्दिरमा  गरीएको आक्रमणलाई विश्वभरबाट निन्दा गरिएको छ ।अोएस नेपालबाट

तपाईको प्रतिक्रिया