१७ कात्तिक, दिलिप साह राजविराज। सप्तरीको समग्र विकासमा सबै जातजाती संघसंगठन एकजुट हुनुपर्ने आवश्यक रहेको विभिन्न वक्ताहरुले बताएका छन् । यादव सेवा समितिको २१ औ साधारण सभा तथा ८ औ महाधिवेशनको अवसरमा विभिन्न वक्ताहरुले यस्तो बताएका छन् ।

कार्यक्रममा क्षेत्र नं. ३ का सभासद एवम पुर्व सिंचाई मन्त्री उमेश यादवले सबै समुदायले सप्तरीको बिकासको लागि अगाडी बढनुपर्ने बताउनुभयो । सबै समुदायको उत्थान र विकासको लागि समेत सबै जातीय संगठन एक ढिक्का भएर अगाडी बढनुपर्ने बताउँदै उहाँले यसको लागि आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभयोे ।

सोही कार्यक्रममा दुई सचारकर्मी सहित एक दर्जन ब्यक्तिलाई यादव सेवा समितिले सम्मान गरेको छ । समानित हुनेमा मधेसवाणी साप्ताहिकका चन्दन यादव, गोरखापत्र दैनिकका माला कर्ण, लगायत जिल्लामा १ सय २५ बर्ष पुगेका जेष्ठ नागरिक रधु भडखेर यादव, समाजसेबी सुकदेव यादव, जेष्ठ नागरिक महन्थी यादव, गायिका अन्जु यादव सहितकालाई सम्मान गरिएको छ । कार्यक्रम यादव सेवा समितिका अध्यक्ष परियाग यादवको अध्यक्षतामा सम्पन भएको थियो ।

तपाईको प्रतिक्रिया