अमर काफ्ले इनरुवा कात्तिक १८ । सुनसरीमा १५३ वटा वार्ड कायम गरिएका छन् । स्थानीय निकाय पुर्नसंरचना समिति सुनसरीले जिल्लालाई १५३ वटामा वडामा विभाजन गरेको हो । समितिले सुनसरीलाई १२ वटा स्थानीय निकाय कायम गरेको छ ।

स्थानीय विकास अधिकारी संयोजकत्वको समिति स्थानीय निकाय पुर्नसंरचना समितिले धरान र इटहरी उपमहानगरपालिका बाहेकका गाविस थपिएका नगरपालिका र गाउँपालिकाको वार्ड विभाजनलाई अन्तिम रुप दिएको हो । धरान र इटहरीलाई यसअघिकै वडाहरु कायम राखिएको छ । सदरमुकाम इनरुवाका १० वडा कायमै राखी ५ वटा वडाहरु थपिएका छन् ।

मधेशा गाविस ११ नम्वर वडा , चाँदवेला १२, इनरुवामा थपिएको डुम्राहाको २,७,८ र ९ नम्वर लाई १३ नम्वर, बबिया १४ र जल्पापुर १५ नम्वर वडा कायम गरिएको छ । रामधुनी नगरपालिकामा १४ वटा वडा कायम गरिएको छ। रामधुनीमा बकलौरी गाविसको ९,३,६,७ र ५ मिलाएर ११ नम्वर, ८,२।४ मिलाएर १२, डुम्राहाको ३,४ लाई मिलाएर १३ र १,६ र ५ लाई १४ नम्वर वडा बनाइएको जिविस सुनसरीका सुचना अधिकृत अरुण मेहताले जानकारी दिए ।

दुहवीलाई १८ वटा वडामा विस्तार गरिएको छ। हाल रहेको १४ वडालाई १३ मा झारेर थपिएको सोनापुरको १,२ र ३ लाई १४ नम्वर वडा,४,५,६,७ र ८,९लाई १५ नम्वर, सिमरिया १६,तनमुना १७ र पुर्वकुशाहा १८ रहेका छन् । दुहवीको हालको ८ र ९ वडा मिलाएर ८ नम्वर बनाइएको छ। बराह नगरपालिका ११ वटा वडा,गढीमाई गाउँपालिका ६ वडा, बर्जु गाउँपालिका ६ वडा,हरिनगरा गाउँपालिका ७ वडा,देवानवंज गाउँपालिका ७ वडा,कोशी गाउँपालिका ८ वटा वडा, भोक्राहा गाउँपालिका ८ वटा वडामा विभाजन गरिएको सुनसरीका स्थानीय विकास अधिकारी रामप्रसाद वाग्देले बताए । दलिय सहमति बमोजिम वडाहरु विभाजन गरिएको अधिकारी वाग्लेले बताए ।

तपाईको प्रतिक्रिया