Itahari goli Goli-1

सुनसरी कात्तिक १८/सुनसरीको इटहरी क्षेत्रमा गोली चलाई जनजीवन आतंकित पार्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । भोजपुर नेपाल डाँडाका मिसन भन्ने हरिप्रसाद बिष्ट, मोरङ १७ का अंकित कुमार र उदयपुर २ का प्रशान्त कार्कीलाई पक्राउ गरिएको सुनसरी प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरुको साथबाट पेस्तोल र गोलीसमेत बरामद गरेको जनाएको छ । उनीहरुले इटहरी उपमहानगरपालिका–२४ स्थित भोजपुरे होटलमा कात्तिक १६ गते भोजपुरे होटल एण्ड लजका संचालक ७१ बर्षीय जेबी राइ सहित धनकुटाका चसुवा ५ का ५० वर्षिय तोर्ण बहादुर पौडेलमाथि गोली प्रहार गरेका थिए ।

तपाईको प्रतिक्रिया