सुनसरी कात्तिक १८/धरानमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । धरान ८ मा यात्रु बाहक बस, टेम्पो र ओन टेस्ट बोलेरो जुध्दा बोलेरो भ्यान चालक बराहक्षेत्र गाविस ६ का ३६ बर्षीय बाबुराम तामाङको मृत्यु भएको छ ।

दुर्घटनामा १९ जना घाइते भएका छन् । बिराटनगर तर्फ आउँदै गरेको को १ ख ९४७ नम्वरको यात्रु बस, को १ च ८७७३ नम्वरको बोलेरो भ्यान र ओन टेस्ट ट्याम्पो आपसमा ठोकिएर दुर्घटना भएको सुनसरी प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया