सुनसरी कात्तिक १८। सुनसरीको चिमडीमा तिहारका अवसरमा लागेको मेलाको विद्युतीय सामान खोल्ने क्रममा करेण्ट लागेर एक जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार चिमडी ३ घर भएका झोपी मेहताले बाँस उखेल्ने क्रममा ११ हजार भोल्टको हाईस्टेशनमा छुदाँ घटनास्थलमा मृत्यु भएको हो ।

यसै गरि सोही घटनामा परि अमडुवा २ का प्रकाश यादव र विजय ऋषिदेव गम्भिर घाइते भएका छन । घाइते दुवै जनाको लाइफ गार्ड अस्पताल विराटनगरमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया