Gaja१८ कात्तिक, दिलिप साह राजविराज । सप्तरी प्रहरीले लागु औषध गाँजा सहित दुई जनालाई पक्राउ गरेको छ । गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले हनुमाननगर योगीनीमाई नगरपालिका–१ बाट ६ किलो गाँजा सहित दुई जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेहरुमा स्थानिय बच्चालाल सुनरैत यादवको ३८ वर्षीय छोरा लालु भनिने महेश सुनरैत यादव र भारत जिल्ला सुपोल ग्राम पञ्चायत देवीपुर बस्ने सुभगलाल मुखियाको ४८ वर्षीय छोरा धनराज मुखिया रहेका छन् । गत शुक्रबार हनुमाननगर योगिनिमाई नगरपालिका–१ स्थित माछा फारममा रहेको घरमा करिब ६ किलो गाँजा लुकाई छिपाई राखेको अवस्थामा पक्राउ गरिएको हो ।

पक्राउ गरिएकाहरुलाई गाँजा सहित आवश्यक कार्वाहीको लागी जिल्ला प्रहरी कार्यलयको नियन्त्रणमा लिएर लागु औषध कारोबार ऐन अन्तर्गत मुद्दा चलाइएको प्रहरी नायव उपरिक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया