sab letang hatya kand chita

१९ कार्तिक, मोरङ । मोरङको लेटाङमा केही दिन अघि हुर्रा नाचका क्रममा झडप हुँदा मारिएका व्यक्तिहरुको हत्या गरेको आरोपमा मोरङ प्रहरीले दश जनालाई पक्राउ गरेको छ । लेटाङ–भोगटेनी–५ तुर्के भन्ने ठाउँमा तिहारको उपलक्ष्यमा भइरहेको हुर्रा नाचका क्रममा झडप हुँदा केराबारी–९ घंघरुका १८ वर्षीय सनम गुरुङ र १५ वर्षीय दीपेन गुरुङको मृत्यु भएको थियो ।

उनीहरुको हत्या गरी फरार रहेका व्यक्तिलाई प्रहरीले खोजतलासका क्रममा मोरङ र सुनसरीको विभिन्न ठाउँमा लुकी बसेको अवस्थामा पक्राउ गरी बिहिबार सार्वजनिक गरेको छ ।जिल्ला प्रहरी कार्यालय मोरङले बिहिबार पत्रकार सम्मेलन गर्दै हत्यामा संलग्न भएको आरोपमा दश जनालाई पक्राउ गरेको जनाएको छ ।

कात्तिक १५ गते राती लेटाङ–भोगटेनी–५ तुर्केस्थित प्रेमबहादुर केपछाकी मगरको घरमा मगर जातीको सांस्कृतिक हुर्रा नाच भईरहेको अवस्था मृतक र स्थानिय युवाबीच विवाद हुँदा उनीहरुलाई पेटमा धारिलो हतियार चुप्पी, कर्द लगायत हरियो डोलो बास, दाउरा समेतले शरिरको बिभिन्न भागमा प्रहारबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले हत्यामा संलग्न आरोपी मध्ये ८ जनालाई लेटाङ भोगटेनीबाट र छुरा प्रहार गर्ने २ जनालाई इटहरीबाट पक्राउ गरेको जनाएको छ । प्रहरीले लेटाङ भोगटेनी–५ का ध्वाँसे भन्ने लिलबहादुर मल्ल ठकुरी र लेटाङ भोगटेनी–४ को डुक्पा भन्ने कपिल चेम्जोङलाई ईटहरीबाट पक्राउ गरेको हो । त्यसैगरी लेटाङ भोगटेनी–५ का निश्चल मगर, सन्तोष बिश्वकर्मा, बिक्रम मगर, उत्तम शाही, कुमार बस्नेत, चलाखे भन्ने सबिन राई, विरे भन्ने आदित्य मगर र रूपन राईलाई पक्राउ गरी कर्तब्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया