black jhanda kalo pokhara birodh beloon1
१९ कार्तिक, पोखरा । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको बिरोधमा प्रदर्शन गर्न प्रहरीले रोकेपछि पोखरेली जनताले आकाशमै कालो झण्डा देखाएर बिरोध गरेका छन् । पोखरा बिमानस्थलमा ओर्लने क्रममा रहेका मुखर्जीलाई पोखरेलीहरुले नयाँ उपाय निकालेर बेलुनमा कालो कपडा बेरेर आकाशमै उडाएर बिरोध जनाएका हुन् ।

जमिन क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएकाले बेलुनको सहारामा आकासमै कालो झण्डा उडाइएको यसका अभियन्ताहरुले बताएका छन् ।
यतिबेला पोखराको आकासमा करिब १५ वटा ठूला बेलुनमा कालो झण्डा उडिरहेको छ ।

यसअघि काठमाडौंका सडकमा मुखर्जी बिरुद्ध भारतीय हस्तक्षेप र अनावश्यक चासोको बिरोध सहित कालो झण्डा देखाउने क्रममा ग्रेटर नेपाल अभियन्ता सहित केही युवा पक्राउ परेपनि पोखरेली युवाहरुले नयाँ उपाय निकालेका हुन् ।यसअघि पोखरेली जनताले मुखर्जीको स्वागतको लागि बनाएको स्वागतद्धार समेत भत्काइदिएका थिए ।टपन्युजबाट

black jhanda kalo pokhara birodh beloon

तपाईको प्रतिक्रिया