chat pre१९ कात्तिक, दिलिप साह राजविराज  । छठ पर्व शुक्रबार देखि विधिवत रुपमा सुरु भएको छ । अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ अरपित गरेर पूजा गरिन्छ । सप्तरी सहित तराईका जिल्लामा छठ पर्वका लागि तीव्ररुपमा तयारी भइरहेको छ भने पुजा सामाग्री किनमेलका लागि सप्तरीको सदरमुकाम राजविराज लगायतका बजारहरुमा चहलपहल बढेको छ ।

छठ पर्वका लागि आवश्यक पर्ने सामानहरूलाई चोखो राख्न ब्रतालुहरूले विशेष रूपमा रेखदेख गर्छन् भने यस पर्वमा फलफूल, केरा, हल्दीको बोट, अदुवाको बोट, उखु, सुथनी, पानी फल, नरिवल, बोडी, नाङ्लो, कन्या, ढकी, माटोको दीयो र कराई चढाइन्छ । यस्तै लौका, फर्सी, भान्टा, मूला, कोबी, लगायत हरियो तरकारी पनि चढाउने चलन छ । पूर्णरूपमा शकाहारी हुने यो पर्वमा ठकुवा, भुसुना, फलफूल र कसारले विशेष महत्व राख्दछ । यस्तै बाँस वा पितलको कोनियाँ, ढाकी, नाङ्गलो, खरिद गर्न बजारमा भीडभाड देखिन्छ ।

स्थानीय युवाहरूले छुट्टाछुट्टै समिति बनाई छठ पर्वको व्यवस्थापनमा जुटेका छन । पोखरी, नदी तथा जलाशयमा मनाइने यसपर्वका लागि ती स्थानहरुमा सरसफाइ गरी दुल्ही झै सजाउने कार्यमा जुटेका छ । नगरभित्र भगवति मन्दिरको पोखरी, कल्टु दास पोखरी, सकलदेव दास पोखरी, तुरन्ती पोखरी, खैरसाल पोखरी, पाँच नम्बर पोखरी, तथा जिल्लाको कंचनपुर, भारदह, हनुमाननगर, रुपनी, कल्याणपुर, सिस्वाबेल्ही, झल्ही, कोशी ब्यारेज सहितको दर्जनौ जलाशय स्थानमा घाट बनाएर भव्य साजसजावटको तयारी सर्वसाधारणहरु जुटेका छन् ।

Chhath-ko-lagi-basko-samgri-karid
निर्धनता र निःसन्तानबाट मुक्ति पाउन एवम् मानव जातिको उत्थान गर्न र अरोग्यका लागि यो पर्व मनाउने गरिन्छ । सूर्यको आराधनाबाट चर्मरोग निको हुने, सन्तान र धनलाभ हुने जनविश्वास छ । आरोग्य र दीर्घायुसँग जोडिएको छठ पर्व मनाउनुको पछाडि धार्मिक मान्यतासँगै वैज्ञानिक र ज्योतिषसम्बन्धी तथ्यहरू पनि पाइन्छ ।

छठको पहिलो दिन चतुर्थीमा ब्रतालु महिला एवं पुरुष नृत्यकर्मपछि शुद्ध शाकाहारी खाना खान्छन् । यसलाई ‘नहाय खाय’ अर्थात नुहाएर खानु भनिन्छ । यो दिन नुहाई, धुवाँई, चोखो भई ब्रतालु महिला एवं पुरुषहरुले लहसुन, प्याज नहाली कालो नुन प्रयोग गरेर खाना खाने गर्छन् ।
यस्तै दोस्रो दिन पञ्चमीमा दिनभरि उपवास बसिन्छ, यस दिनलाई ‘खरना’ भनिन्छ ।

गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरेर व्रती यो दिन दिनभरि उपवास बस्ने गर्छन् । खरनालाई पापको क्षय हुने दिन पनि भनिन्छ । यो दिन बेलुकीपख चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्होमा र माटोकै नयाँ भाँडोमा सख्खर, दूध र चामलको खीर पकाइन्छ । सो खीर केराको पातमा राखेर छठीमातालाई चढाइन्छ र चढाइसकेपछि व्रतीले प्रसादको रूपमा ग्रहण गर्छन् । परिवारका अन्य सदस्यहरूले पनि यसलाई प्रसादको रूपमा ग्रहण गर्ने चलन रहेको छ ।

तपाईको प्रतिक्रिया