Kumhar

१९ कात्तिक, दिलिप साह राजविराज  । विद्युतिय झिलमिलीले कुम्हार जातिका पेशा संकटमा परेको छ । माटोकोे दियो, गागरो, घंटी, पाला, जातो, नदिया, सिंगारदान, चुलो समेत बनाई आम्दानी गर्दै आएका कुम्हार पेशाकर्मीहरु अलिहे रेडिमेड झिलमिली बत्ति, बल्ब, भाँडोकुडोका कारण पेशा संकटमा पर्दै गएको हो ।

खासगरी दिपावली, छठ तथा विभिन्न चाँडपर्वका बेला घरलाई उज्यालो बनाउन र सिंगार्न माटोकै विभिन्न सामग्रीहरु दियो, पालो, गागरो, र घंटीहरुको प्रयोगले संस्कार बस्दै आएको थियो तर अहिले रेडिमेट बति तथा प्लास्टिक,स्टिलका भाँडोकुडोले पेशा संकटमा परेको मलेकपुर–७ निवासी जिवेन्द्र पण्डिले बताउनुभयो ।

विगत ५० वर्षदेखि माटोकै विभिन्न भाडाकुडा, दियो पालो, घंटी, गागरोहरु बनाउदै आएका थिए । एक दशक अगाडी बतिबल्ब तथा स्टिल र प्लास्टिकका भाँडाकुडोको व्यापक प्रयोग नहुँदा घरमै मान्छेहरु खरिद गर्न आउँथे र हामी सम्पुर्ण घरपरिवारले कामगर्न भ्याई नभ्याई हुन्थ्यो तर यता एक दशक पछि घरपरिवार त पर जाओस मुख्य मिस्त्री म नै समेत बेरोजगार हुनु पर्ने अवस्था रहेको पण्डितले बताउनुभयो ।

तपाईको प्रतिक्रिया