१९ कात्तिक,  दिलिप साह राजविराज । छठ पर्वका अवसरमा आवश्यक पर्ने वस्तुको मूल्य आकासिएपछि उपभोक्ता मारमा परेका छन् ।
पर्वमा प्रसादको रुपमा प्रयोग हुने केरा, नरिवल, उखु, मुला, कागती, स्याउ, सुन्तला, सख्खरका साथै बाँस र माटोबाट बनेको नाङलो, कोनियाँ र गाग्रो (कुर्नीको सिया) लगायत माटाको भाँडाकुडाको मूल्य अकाशिएको छ ।

यस्ता सामग्रीको मूल्य बढाइए पनि त्यसको नियन्त्रण गर्न सम्बन्धित निकायले कुनै चासो नदेखाएको स्थानीयवासीको गुनासो छ ।चाडपर्वको मौका छोपेर बजारमा व्यापारीले सामानको मूल्य मनपरी ढङ्गले बढाइए पनि अनुगमन गरी कारबाही गर्ने निकाय मुकदर्शक बनेको सप्तरी मलेकपुर–३ का राजकुमार साहको आरोप छ ।

सूर्यको अराधना गरी मनाइने यो पर्वको तयारी सप्तरीमा तीव्र भएको छ । विजयदशमी र दिपावली सकिएपछि स्थानीयवासी छठ पर्वका लागि ताल तलाउ, खोला र नदी सरसफाइ गर्न र पूजाघाट बनाउनमा व्यस्त भएका छन् । उनीहरुले सप्तरी प्रमुख जलाशय, पोखरी किनारमा पूजाघाट बनाएर सजाउने कामलाई तीव्रता दिएका छन् ।

तपाईको प्रतिक्रिया