DSC01669
कात्तिक २१ इनरुवा / महाकवी लक्ष्मीप्रसाद देवकोटाको १०६औं जन्म जयन्तीको अवसर पारी सुनसरीको इनरुवामा कवि गोष्ठीको आयोजना गरिएको छ ।
नवयुग बहुउद्येशिय सामूदायिक अध्ययन केन्द्र बलाहाले आयोजना गरेको कवि गोष्ठीमा एक दर्जन बढी कवि तथा साहित्यकारहरुले कविता वाचन गरेका थिए ।
कविहरुले लक्ष्मीप्रसाद देवकोटाले नेपालको साहित्य क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै देवकोटाका सम्झनामा कविता वाचन गरेका थिए । कार्यक्रममा कविहरुले कविता मार्फत नेपालको वर्तमान असहज अवस्था प्रति चिन्ता व्यक्त गर्दै निकासका लागि सहकार्यको आवश्यकता औल्याएका थिए । प्राध्यापक डाक्टर टंक न्यौपाने, भीम खतिवडा साहित्यकारहरु उपेन्द्र पागल, रेखा सुवेदी, टिका आत्रेय, डम्मरु बल्लभ भण्डारी, सागर तिम्सिना लगायतकाले आआफ्ना रचना वाचन गरेका थिए ।सोही कार्यक्रममा स्थानीय साहित्यकार लीला सिलवालको समसामयिक कविता संग्रह यस्तै छ, यहाँ विमोचन समेत गरिएको थियो ।

तपाईको प्रतिक्रिया